हामीसँग जोडिनुहोस

काठमाडौंमा शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीको नाराबाजी

0 मिनेट

काठमाडौं, १० जेठ ।
काठमाण्डौ चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । आन्दोलित विद्यार्थीले प्रहरी वृत्त गौशालामा नाराबाजी गरिरहेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान गर्न कजेल, विद्यार्थी र अभिभावकसँग छलफलको प्रयास भइरहेको जनाएको छ । केही दिनअघि सामाजिक सञ्जालमा एक युवतीले आफूलाई सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको भन्दै घटना सार्वजनिक गरेपछि अहिले यौन दुव्यर्वहारका अन्य घटना पनि सार्वजनिक भइरहेका छन् भने दुव्र्यवहार विरुद्ध बहस पनि सुरु भएको छ । विद्यार्थीको आन्दोलनका कारण अहिले गौशाला चाबहिल क्षेत्रमा गाडीको आवागमन प्रभावित भएको छ । उनीहरुले दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।