काठमाडौं, १९ जेठ ।
काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि पनि बालेन साहर्ले याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने हुनुभएको छ । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताउनुभएको हो । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उहाँ ‘नेपहपको श्रीपेच’को जजको भूमिका निर्वाह गर्न सुटिङ सेटमा पुग्ने गर्नुभएको छ । बालेनको व्यस्ततालाई ख्याल गर्दै कार्यक्रमको सुटिङ समय निर्धारण गरिएको छ । मेयर भइसकेपछि बालेनको व्यस्तताका कारण उनले जुरीको कामलाई निरन्तरता दिने वा नदिनेबारे अन्योल थियो । ग्रान्ड फिनाले चाहिं असार १४ गते हुने जनाइएको छ ।