हामीसँग जोडिनुहोस

काठमाण्डौको लैनचौरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने २ जना पक्राउ

0 मिनेट

काठमाडौं,२३ जेठ ।
काठमाण्डौको लैनचौरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ परेका छन् । लैनचौरमा रहेको ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका एक व्यक्तिको साथबाट ३५ लाख रुपैयाँ लुटपाट गर्ने नुवाकोट घर भइ बूढानीलकण्ठ बस्ने पेम्बा तामाङ र दाङ घर भइ काठमाण्डौको मालीगाउँ बस्ने शालिकराम नेपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।
पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाट गरेकोले उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । लुटपाट घटनामा संलग्न फरार अरू व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरूलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।