हामीसँग जोडिनुहोस

झुण्डिएर महिलाको मृत्यु

1 मिनेट

भक्तपुर, २ असार । चाँगुनारायण नगरपालिका–२ दुवाकोट चारदोबाटो नजिक मिलनटोलमा रहेको आफ्नै साढे तीन तल्ले पक्की घरको तेस्रो तल्लाको बाहिर बरण्डामा झुण्डिएर एक महिलाले आत्महत्या गरेकी छिन् ।

ट्रसको फलामको डण्डीमा ४५ वर्षीय कल्पना गुरुङको आज बिहान झुण्डिएको अबस्थामा शव भेटिएको स्थानीय नवराज काफ्ले जानकारी दिनु भयो । इलाम घरभइृ दुवाकोट बस्ने ५२ वर्षीय तेजकुमार गुरुङको कान्छी श्रीमतिको झुण्डिएको अबस्थामा शव फेला परे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घटनास्थलमा अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटि प्रारम्भिक अनुसन्धान गरी शव पोष्टहमार्टमका लागि के.एम.सी. अस्पताल दुवाकोट पठाएर थप अनुसन्धान भइरहेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजू पाण्डेले जानकारी दिनु भयो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।