काठमाडौं, ०७ असार ।
पट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाउने निर्णय गलत भएको भन्दै नेपाली कांग्रेसकै सांसद पार्वता डिसी चौधरीले मूल्यवृद्धि फिर्ता लिन आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले एकै पटक ह्वात्तै मूल्य बढाउनुको कारण स्पष्ट पार्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसँग माग गर्नुभएको छ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको र यस्तो निर्णयले सरकार पनि अलोकप्रिय भएको पनि बताउनुभएको छ । जनतालाई राहत दिनुपर्ने भन्दै विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन पनि सांसद चौधरीले आग्रह गर्नुभएको छ ।