हामीसँग जोडिनुहोस

११ महिनामा १५ खर्ब ७७ अर्बको व्यापार घाटा

1 मिनेट

काठमाडौं, ०७ असार ।
चालु आर्थिक वर्षको ११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागले आज मङ्गलवार सार्वजनिक गरेको गएको साउनदेखि जेठसम्मको वैदेशिक व्यापारको तथ्याङ्कअनुसार नेपालको व्यापार घाटा ११ महिनामा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको हो । यो गएको वर्षको तुलनामा २५ प्रतिशतले धेरै हो ।
११ महिनामा नेपालले १७ खर्ब ६३ अर्ब २२ करोड रुपैयाँको वस्तु आयात गरेको छ भने एक खर्ब ८५ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात गरेको छ । आयात २७ दशमलव ५ प्रतिशतले र निर्यात ५३ दशमलव ३ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९० दशमलव ४७ प्रतिशत रहेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।