हामीसँग जोडिनुहोस

आज सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम

1 मिनेट

काठमाडौं, ०८ असार ।
आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९७ हजार ७०० रुपैयाँ रहेको थियो भने आज ९७ हजार ३०० रुपैयाँमा कारोबार हुनेछ । त्यस्तै, यसअघि प्रतितोला ९७ हजार २०० रुपैयाँ रहेको तेजावी सुनको भाउ आज घटेर ९६ हजार ८०० रुपैयाँमा झरेको छ । यता, चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको महासंघले जनाएको छ । मंगलबार प्रतितोला एक हजार २६५ रुपैयाँ रहेको चाँदीको भाउ आज घटेर एक हजार २५५ रुपैयाँमा झरेको हो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।