हामीसँग जोडिनुहोस

सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

1 मिनेट

काठमाडौं, ०८ असार ।
वायुसेवा कम्पनी बुद्ध एयरले आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ । वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो । यसअघि वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । वार्तामा सङ्घले अघि सारेका मागबारे आज दिउँसो पुनः छलफल गर्ने गरी आजका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको थियो ।
हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाजहरू रहेको र यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको कम्पनीको भनाइ छ । यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरुलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको कम्पनीले जानकारी दिएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।