हामीसँग जोडिनुहोस

‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्छु  : मेयर  रेनु दाहाल

1 मिनेट

काठमाडौं, ०८ असार ।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ‘मेयर होस् त यस्तो होस्’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज भरतपुर ७ मध्यविन्दु टोलमा रहेको प्रेमबस्ती कभर्ड हलको शिलान्यास गर्दै मेयर दाहालले यस्तो बताउनुभएको हो । भरतपुरवासीको चाहना तीव्र विकास, सुशासन, पारदर्शीता रहेकाले विगतको अनुभवका आधारमा यो पाँच वर्षका लागि तयार भएको उहाँले बताउनुभयो । विकासका लागि महत्त्वकाङ्क्षी भएकै कारण पहिलो कार्यकालमा भरतपुरमा सोचेको भन्दा बढी बजेट ल्याउन र विकास गर्न सकेको मेयर दाहालले स्मरण गर्नुभयो । मेयर दाहालले दोस्रो कार्यकालका लागि चुनावको मत परिणाम नआउँदै भरतपुरको विकासको बारेमा चिन्तित भइ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। विश्वनाथ पौडेलसँग कुराकानी भएको उल्लेख गर्नुभयो । त्यो कुराकानीका बारेमा असार ३ गते आयोजना भएको वृहत् विकाससम्बन्धी बहस कार्यक्रममा उपाध्यक्ष पौडेलले मेयर दाहालको प्रशंसा गर्नुभएको थियो । उपाध्यक्ष पौडेलले मेयर दाहालको विकासप्रतिको हुटहुटीले भरतपुरको विकास सम्भव भएको विचार व्यक्त गर्नुभएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।