हामीसँग जोडिनुहोस

भक्तपुरका वडा-वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गरी स्वास्थ्य सेवाको व्यवस्था मिलाउने मेयर प्रजापति घोषणा

1 मिनेट

काठमाडौं, ०८ असार ।
भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापतिले खानेपानी मुहान नजिकको बन माँसेर खेल मैदान बनाउँदा उपभोक्ताले वर्षायाममा समेत पानी पिउन नपाएको बताउनुएको छ । १२ औं नगरसभामा आगामी आर्थिक वर्ष २०७९ र ८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर प्रजापतिले नगरकोटको पानीको मुहानसँगै रहेको बन मासेर रुबी इन्टरनेसनल खेल मैदान निर्माण हुँदा पानीको मुहान सुकेको आरोप लगाएको हो । उहाँले नगरपालिकाले जनतालाई विभिन्न स्रोतबाट पानी उपलब्ध गराएर घर(घरमा पानी अभियानलाई सार्थक पार्ने घोषणा गर्नुभएको छ । मेयर प्रजापतिले आगामी वर्षसमेत शिक्षा, स्वास्थ्य र सम्पदा संरक्षणलाई केन्द्रमा राखेर नगरपालिकाको नीति तथा कार्यक्रम ल्याउनुभएको छ । नगरपालिकाले वडा(वडामा चिकित्सकसहितको स्वास्थ्यउपचार केन्द्रहरूको विस्तार गरी सर्वसुलभ स्वास्थ्य उपचार सेवाको व्यवस्था मिलाउने घोषणा गरेको छ । त्यस्तै, घरदैलो नर्सिङ सेवालाई थप प्रभावकारी बनाउने मेयर प्रजापतिले बताउनुभयो ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।