हामीसँग जोडिनुहोस

मुलकको अवस्था भयावह हुन्छ : नेपाल आयल निगम कार्यकारी निर्देशक थानी

1 मिनेट

काठमाडौं, ०८ असार ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ। आज राष्ट्रियसभा संसदअन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिक रुपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको हो । उहाँले श्रीलंकले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभएको छ । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महशुल तिरेर कसैले इण्डक्सन चुलो नबाल्ने भन्दै भएको महशुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
यस्तै उहाँले नेपाल विद्युत प्राधिकरणले दिएको महशुलभन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराउनुभयो । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा बैशाखमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको, यस वर्षको बैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक टन एलपी ग्यास आयात भइसकेको बताउनुभयो । एलपी ग्यासको खपत दिनप्रति दिन बढिरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको उहाँले बताउनुभयो । कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण समेत गराउनुभयो । समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा काम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।