हामीसँग जोडिनुहोस

आज फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल

1 मिनेट

काठमाडौं, ०८ असार ।
आज फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । आज फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो ।आज ८४ करोड ३७ लाख रुपैयाँको कारोबार भयो ।
आज सबै उपसमूहका सूचक घटेका छन् । बैंकिङ १६, विकास बैंक ८९, फाइनान्स ३६, होटल तथा पर्यटन २५, जलविद्युत् ५३, जीवन बीमा १३२, उत्पादन ५७, माइक्रोफाइनान्स ४५, निर्जीवन बीमा १५५, अन्य ३७ र ब्यापार उपसमूह १७ अंक घटेका छन् । कुल १९ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने २ को स्थिर रह्यो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।