हामीसँग जोडिनुहोस

२ करोड ४४ लाख रुपैयाँ सम्पत्तिको स्रोत नखुलेपछि पूर्व नायब सुब्बा झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

1 मिनेट

काठमाडौं, ०८ असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त नायव सुब्बा गणपति झाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कार्यरत रहँदा अवकाश पाएका नायब सुब्बा झाको दुई करोड ४४ लाख ७१ हजार एक सय पाँच रुपैयाँ सम्पत्तिको स्रोत नखुलेकोले विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
२०३९ साल मङ्सिर ९ गते गाविस सचिवका रूपमा सरकारी सेवामा प्रवेश गरेका झाले २०७८ साउनमा नायब सुब्बा पदबाट अवकाश पाएका हुन् । २०३९ सालदेखि २०७८ सालसम्मको उनको समग्र आम्दानी तथा खर्च एवम् लगानीलाई आधार मानेर छानबिन गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिनुभयो । समीक्षा अवधिमा झाले दुई करोड ४२ लाख ६७ हजार आयआर्जन गरेको र चार करोड ८७ लाख ३८ हजार रुपैयाँ खर्च एवम् लगानी गरेको देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
वैधानिक स्रोत खुल्न नसकेको रकमलाई बिगो मानेर आयोगले त्यस बराबरको सम्पत्ति तथा नगद जफत गर्न पनि माग दाबी गरिएको अख्तियारले जनाएको छ । झाको स्रोत नखुलेको सम्पत्ति राखेको भन्दै आयोगले झाकी श्रीमती र तीन छोरालाई पनि प्रतिवादी कायम गरेको छ ।
यसअघि पनि गएको शुक्रवार पूर्व नासु भीमकान्त भण्डारीविरुद्ध अख्तियारले ६ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।