हामीसँग जोडिनुहोस

काठमाडौंमा हैजा रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन

1 मिनेट

काठमाडौं, ९ असार । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले हैजाको रोकथाम तथा नियन्त्रणका लागि छानबिन टोली गठन गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख वसन्त अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरिएको हो। काठमाडौं हैजाको जोखिममा रहेको भन्दै यसको नियन्त्रण तथा रोकथामका लागि टोली गठन गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो ।
काठमाडौंमा पुष्टि भएको हैजाको कारण पत्ता लगाउन पनि यो टोलीले काम गरिरहेको छ। काठमाडौंमा हालसम्म चार जनामा हैजा पुष्टि भएको छ। बागबजारमा हैजा पुष्टि भएका सम्बन्धित ठाउँ र परिवारमा पुगेर उक्त टोलीले खानेपानीको नमूना संकलन गरेको छ। संकलन गरिएको खानेपानीको नमूना परीक्षण गर्ने काम भइरहेको अधिकारीले जानकारी दिनुभयो । बागबजारमा पुष्टि भएको हैजाका बिरामीले जार र धारा दुवैको पानी नउमालिकन खाने गरेको पाइएको थियो। अन्य ठाउँमा भने पानीको नमूना संकलन गर्न उक्त टोली आज जाँदैछ। प्रमुख अधिकारीले काठमाडौंमा के कारणले हैजा फैलिएको हो र कसरी नियन्त्रण गर्ने भन्ने बारेमा छानबिन हुने बताउनुभएको छ ।
हैजा नियन्त्रणका लागि काठमाडौं महानगरपालिकासँगको समन्वयमा खानेपानीको शुद्धिकरण, खानेकुरासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम गरिरहेको कार्यालयले जनाएको छ।
ट्यांकर व्यवसायी र जारको पानी वितरकहरुसँग छलफल गर्न लागिएको अधिकारीले बताउनुभयो । खानेपानी उमालेर मात्र खान र बासी खानेकुरा नखान कार्यालयको सबैमा आग्रह छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।