हामीसँग जोडिनुहोस

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

0 मिनेट

भक्तपुर, ९ असार । भक्तपुरमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ । आज बिहान २ बजे भक्तपुरको आदर्श नगर सडकखण्डमा काठमाडौंबाट जगातीतर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो ।
ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार आज बिहान २ बजे बा ४ ख ५२९८ नम्बरको टिपरले ठक्कर दिएको र करिब ३ बजेतिर मोटरसाइकलमा सवार दुवै जनाको भक्तपुर अस्पतालमा मृत्यु भएको हो ।उनीहरूको सनाखत हुन बाँकी छ । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।