हामीसँग जोडिनुहोस

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीप

1 मिनेट

काठमाडौं, ०९ असार ।
इङ्ल्यान्डले नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा ुक्लिन स्वीप गरेको छ । तेस्रो एक दिवसीयमा इङ्ल्यान्डले ८ विकेटले विजयी हुँदै क्लिन स्वीप गरेको हो । आर्मस्डममा नेदरल्यान्डले दिएको २ सय ४५ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले ३० ओभर १ बलमा दुई विकेट गुमाएर भेट्टायो । उसका जासन रोयले अविजित १ सय १ रनको शतकीय पारी खेले । यस्तै जोस बट्लरले अविजित ८६ रन जोडे । फिल साल्ट ४९ रनमा आउट भए । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले स्कट एडवार्डको ६४ तथा म्याक्स ओ दाउदको ५० र बास दि लिडको ५६ रन मद्दतमा २ सय ४४ रन बनाएको थियो । इङ्ल्यान्ड पहिलो खेलमा २ सय ३२ रन र दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।