हामीसँग जोडिनुहोस

इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने बायर्नमा अनुबन्धित

1 मिनेट

काठमाडौं, ०९ असार ।
इंग्लिस क्लब लिभरपुलका सेनेगली स्टार फरवार्ड साडियो माने जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा अनुबन्धित भएका छन् । माने ३५.१ मिलियन पाउन्डमा ३ वर्षको लागि बायर्नमा अनुबन्धित भएका हुन् । अब उनी सन् २०२५ सम्मा बायर्नमा रहनेछ । लिभरपुलमा अझै एक वर्ष सम्झौता बाँकी रहँदा उनले क्लब छाड्दै बायर्न जाने निधो गरेका हुन् । लिभरपुलले बायर्नको सुरुवाती दुई प्रस्तावलाई नकारेपनि तेस्रो प्रस्तावलाई स्वीकारेको हो ।
लिभरपुललाई च्याम्पियन्स लिग र प्रिमियर लिग जिताउन महत्वपूर्ण भुमिका निभाएका मानेले गत फेब्रुअरीमा सेनेगललाई पहिलोपटक अफ्रिका कप अफ नेसन्सको च्याम्पियन पनि बनाए । माने जुन २०१६ मा साउथह्याम्प्टनबाट ३४ मिलियन पाउण्डमा लिभरपुलमा आएका मानेले क्लबका लागि २६९ खेलमा १२० गोल गरेकाछन् । मानेले क्लब छाड्ने भएसागै लिभरपुलले उरुग्वेली युवा फरवार्ड डार्विन नुनेज बेन्फिकाबाट ८५ मिलियन पाउन्डमा अनुबन्ध गरिसकेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।