हामीसँग जोडिनुहोस

भूकम्पले क्षतिग्रस्त अफगानिस्तानद्वारा अन्तर्राष्ट्रिय सहयोगको अपिल

1 मिनेट

काठमाडौं, ०९ असार ।
भूकम्पले क्षतिग्रस्त अफगानिस्तानले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ । भूकम्पबाट त्यहाँ एक हजारभन्दा धेरै नागरिकको ज्यान गएको छ ।
तालीबान सरकारले उद्धार, पुनस्र्थापना र पुरिएका नागरिकको खोजीका लागि आवश्यक सहयोगको अपिल गरेको हो । भूकम्पले भत्काएका संरचनाभित्र के–कति मानिस पुरिएका छन् भन्नेबारेमा पूर्ण जानकारी आइसकेको छैन । घाइतेको उपचार भइरहेको छ । उद्धार तथा व्यवस्थापनको काम पनि भइरहेको छ । तर घरबासविहीनलाई सुरक्षित ठाउँमा राख्ने काम चुनौतीपूर्ण रहेको तालीबान सरकारले जनाएको छ ।
भूकम्पलगत्तै ठूलो पानी समेत परेको छ । यसले पनि उद्धार र खोजीमा थप समस्या पारेको छ । अफगानिस्तानको दक्षिण पूर्वी पङ्क्तिका प्रान्तमा भूकम्पले सबैभन्दा धेरै क्षति गरेको छ । दुर्गममा रहेका गाउँहरूमा अझै आवश्यक सहयोग र निकायहरु पुग्न सकेका छैनन् । ती ठाउँमा घाइते भएकाहरुलाई हेलिकप्टर प्रयोग गरेर अस्पताल लगिएको छ ।
अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा केन्द्रबिन्दु बनाएर ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । मानिसहरू सुतिरहेका बेला मङ्गलवार राति साढे एक बजे भूकम्प गएको थियो ।
तालीबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र ज्यान गुमाउनेहरुको सङ्ख्या थप बढ्न सक्ने बताउनुभएको छ । भूकम्पको धक्का राजधानी काबुलसहित, पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो । एजेन्सी ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।