काठमाडौं, ०९ असार ।
नेकपा–एकीकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।
स्थानीय चुनावको समीक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायत बैठकमा एजेण्डा छ । बैठक बुधबार पनि बसेको थियो ।