काठमाडौं, ०९ असार ।
प्रधानमन्त्री शेरबहादुर देउवाले देशका सबै समुदायको भाषा एवम् सांस्कृतिक दर्शनको प्रवद्र्धनमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा प्रधानमन्त्री देउवाले विभिन्न भाषा, साहित्य, दर्शन र समाजशास्त्रको संरक्षणमा पनि प्रतिष्ठानले योगदान र्पुयाउँदै आएको भन्दै सरकार पनि यसको प्रवद्र्धनमा प्रतिबद्ध रहेको बताउनुभएको छ । मुलुकको नयाँ रूपान्तरणसँगै बहु जातीय, बहुभाषिक सम्बोधन गर्ने गरी कृतिहरू, प्रचलित भाषा, साहित्य, संस्कृति र भूगोल तिनीहरूको एकता बढाउन सिर्जनशील कार्य गरेको भन्दै उहाँले प्रतिष्ठानको प्रशंसा गर्नुभएको छ । नेपालको प्राज्ञिक गरिमालाई अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा लैजान प्रतिष्ठानले खेलेको भूमिकोको पनि उहाँले स्मरण र्गाुभयो । यस्तै प्रधानमन्त्री देउवाले आगामी दिनमा संस्थाको गतिविधिलाई घनिभूत रूपमा अघि बढाउन र भाषा संस्कृतिको संरक्षण गर्न थप योगदान पुराउने विश्वास व्यक्त समेत गर्नुभएको छ ।