हामीसँग जोडिनुहोस

नेपाली बृहत् शब्दकोश डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुन्छ : मन्त्री प्रेम आले

0 मिनेट

काठमाडौं, ०९ असार ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालय निर्माण र नेपाली बृहत् शब्दकोश डिजिटल प्रणालीको कामले नेपालको संस्कृति थप उजागर हुने बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा आयोजित राष्ट्रिय कविता महोत्सवमा उहाँले साहित्य र संस्कृतिसँग जोडिएका विभिन्न प्रतिष्ठानहरूलाई गत वर्षको तुलनामा यस पटकको बजेटमा उपेक्षा गरिएको गुनासो गर्नुभएको छ । यस्तै उहाँले थप कृति र रचना प्रकाशित गर्न थप बजेटको आवश्यकता पर्ने धारणा पनि राख्नुभएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।