हामीसँग जोडिनुहोस

अबदेखि अदालतमा न्यायाधीशको नियुक्ति गर्दा आर्थिक चलखेल हुँदैनः कानूनमन्त्री

1 मिनेट

१२ असार, काठमाडौं ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्माले अबदेखि न्यायाधीश नियुक्ति गर्दा हुने चलखेल बन्द हुने बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति गर्दा भएका चलखेलले न्यायालयमा धेरै विकृति र विसंगति भित्रिएको बताउनुभएको छ । आज राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भनसुन र आफन्त भएकै भरमा अब न्यायाधीश नियुक्त नहुने बताउनुभएको छ । उहाँले न्यायाधीश नियुक्ति गर्दा योग्यता, क्षमता, निष्पक्षता, नियुक्ति गरिएको व्यक्तिले गर्दै आएको कार्यसम्पादनाई नहेरी आफ्नो मान्छे नियुक्ति गर्नाले न्यायपालिकामा समस्या आएको दावी गर्नुभयो । मन्त्री शर्माले न्यायपरिषद्ले अहिले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार गरेको र निर्देशिकाको मस्यौदामा छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले एकसाताभित्र निर्देशिकाको अन्तिम रूप राजपत्रमा प्रकाशन गर्ने र त्यसको आधारमा नै निष्पक्ष प्रक्रियाबाट न्यायाधीशहरुको नियुक्ति गरिने बताउनुभयो । पटकपटक न्यायपालिकाभित्र राजनीतिक नियुक्ति भयो भन्ने टिप्पणीहरु आएको र पछिल्लो समयमा सर्वोच्च अदालतले गठन गरेको न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा रहेको न्यायपालिकाको विकृति र विसंगतिको सुधारसम्बन्धी प्रतिवेदनले केही कुराहरु अघि सारेको उहाँले स्पस्ट पार्नुभयो । मन्त्री शर्माले केही दिनअघि मात्रै कानुन व्यवसायी र एक व्यक्तिको बीचको वार्तालापको अडियो सार्वजनिक भएको बारे सत्यतथ्य बुझ्न न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा २ वटा उच्च अदालतका न्यायाधीशहरुसमेत रहेको अनुसन्धान टोली गठन गरेको र ४५ दिन भित्रमा प्रतिवेदन प्राप्त हुनासाथ प्रकरणमा संलग्न सबैलाई आवश्यक कारबाही प्रक्रिया थाल्ने बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।