हामीसँग जोडिनुहोस

रासायनीक मलको माग गर्दै कृषि कार्यालयमा राप्रपाको धर्ना

1 मिनेट

भक्तपुर, १३ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले किसानलाई रासायनीक मल उपलब्ध गराउन माग गर्दै आज दिनभर जिल्ला कृषि विकास कार्यालय भक्तपुरमा धर्ना दिएका छन् ।

राप्रपाका सह–महामन्त्री रबिन्द्रप्रताप शाहको नेतृत्वमा केन्द्रीय सदस्य रामेश्वर थापा, जिल्ला अध्यक्ष रामशरण लामिछानेसहित सयौं नेता तथा कार्यकर्ताले बिरोध र्याली प्रर्दशन गर्दै धर्ना दिएका हुन् ।

असारमा धान रोपेर खेती गर्ने बेलामा रासायनीक मल नदिएको भन्दै सल्लाघारीबाट सुरु भएको बिरोध र्याली सूर्यविनायकस्थित कृषि बिकास कार्यालय अगाडि धर्ना दिएर बिरोध प्रर्दशन गरेको थियो ।

कार्यक्रममा सह–महामन्त्री शाहले तत्काल किसानका लागि मलको व्यबस्था गर्न माग गर्नु भयो । असार आउदै छ भन्ने सरकारलाई थाहा नभएको होइन भन्दै उहाँले हरेक वर्ष खेती गर्ने बेलामा मलको हाहाकार हुँदा उत्पादनमा असर परेको भन्दै मल उपलब्ध गराउनु पर्ने बताउनु भयो ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।