हामीसँग जोडिनुहोस

नेपाली परिवेशको प्रशिक्षण मापदण्ड बनाउँदै राखेप

1 मिनेट

काठमाडौं, १४ असार ।
एसियाली खेलकुदमा सहभागिताको हिसाबमा सात दशक लामो अन्तर्राष्ट्रिय इतिहास बोकेको नेपाली खेलकुदमा खेलाडी प्रशिक्षणका लागि अहिलेसम्म आफ्नै मापदण्ड बनेको छैन । नेपालले धेरै हदसम्म भारतीय र अन्य देशको मापदण्ड लागू गर्दै आएको थियो । अहिले भने राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अब आफ्नै मापदण्ड बनाएर कार्यान्वयनका लागि प्रारम्भिक तयारी सुरु गरेको छ । राखेपले आसन्न १९औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका २३ खेलका ५१५ खेलाडीमध्ये उपत्यकामा उपलब्ध ३९८ जना खेलाडीको शारीरिक परीक्षण गरेको छ । यसबाट संकलित तथ्यांकको विश्लेषण र आवश्यकताअनुसार अन्य खेलाडीको पनि परीक्षण गरेपछि नेपालले आफ्नै प्रशिक्षण मापदण्ड तयार गर्नेछ । गत मंसिरमा राखेप सदस्यसचिव नियुक्त भएलगत्तै टंकलाल घिसिङले राष्ट्रिय टिमको स्तरोन्नतीमा आधारित ‘हाई पर्फमेन्स कमिटी’ बनाएका थिए । सोही कमिटीले खेलाडीको शारीरिक परीक्षणका साथै आफ्नै परिवेशअनुसार प्रशिक्षण मापदण्ड निर्माणको तयारीमा जुटेको हो । हाई पर्फमेन्स कमिटीका प्रवक्ता हिमाल दाहालका अनुसार एसियाड अगाडि प्रशिक्षणमा रहेका यी खेलाडीको तीनपल्ट परीक्षण हुनेछ । हरेक परीक्षणबाट खेलाडीको स्तर पहिचान गर्दा प्रशिक्षकलाई आफ्नो लक्ष्यअनुसार खेलाडीलाई तयार गर्न सजिलो हुने उहाँले बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।