हामीसँग जोडिनुहोस

राजस्व छलीको आरोपमा २७ जनाविरुद्ध मुद्दा दायर

0 मिनेट

काठमाडौं, १५ असार ।
राजस्व अनुसन्धान विभागले २२ करोड बढी राजस्व छलीको अभियोगमा विभिन्न कम्पनीका सञ्चालक, कर्मचारी र कारोबारीसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको हो । मालवस्तु पठाउँदा ढुवानी, साधनको अनुगमन प्रणालीमा प्रविष्ट गरेको तर ती मालवस्तु खरिद गर्नेले बिना बिलबिजक बुझेको, खरिद र बिक्री नजनाई भन्सार, आयकर, मूल्य अभिवृद्धि कर र लाभांशलगायतका राजस्व नतिरेकाले कारबाही गरिएको विभागले जनाएको छ । मुद्दा दायर गरिएका २७ जनालाई २२ करोड १९ लाख रुपैयाँबराबर बिगो माग दाबी गर्दै जरिमानासहित ४४ करोड ३८ लाख रुपैयाँ तथा आवश्यक सजाय माग गरिएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।