हामीसँग जोडिनुहोस

संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिनुपर्छ : झलनाथ खनाल

1 मिनेट

काठमाडौं, १६ असार ।
नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले संसदलाई जनताका आवाज घन्काउने थलोको रूपमा रहने व्यवस्था गरिरहनुपर्ने बताउनुभएको छ । ६४ औं संसद दिवसका अवसरमा पुर्व सांसद मञ्च नेपालले आज नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै दलका नेताहरूलाई झ्वाँक चलेको आधारमा संसद विघटन हुने गरेको बताउनुभयो । उहाँले जनताको आवाज उठाउनु पर्ने थलोको रूपमा रहेको संसद राजनीति दलले नै अवरुद्ध गरेर जनताका आवाज कमजोर बनाउने गरेको बताउनुभयो । उहाँले संसदप्रति राजनीतिक दल तथा नेता सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले संसारका धेरै संसद भन्दा नेपालको संसद प्रगतिशील हुँदै गएको बताउनुभयो । नेपालको संसदमा ३३ प्रतिशत महिला सहभागिता रहेकोले अन्य देशको संसद भन्दा नेपालको संसद परिपक्व बन्दै गरेको बताउनुभएको छ । नेता खनालले दुई तिहाईको नेकपाको सरकार बनेपछि भूमिसुधार नीति लागू होला, कृषि क्रान्ति होला, उद्योगहरू स्थापना होला भन्दा माछो माछो भ्यागुतो भएको बताउनुभयो । उहाँले सुखी नेपाली समृद्ध नेपाल भनेको के हो, वैज्ञानिक समाजवाद भनेको के हो ? त्यसबारेमा कुरा गर्नेहरूलाई बोलाएर बहस गराउन पुर्व सांसद मञ्चलाई बहस गराउन आग्रह समेत गर्नुभएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।