हामीसँग जोडिनुहोस

निर्वाचन आयोगले माग्यो विद्युतीय भोटिङ मेसिन

1 मिनेट
?????????????????

काठमाडौं, १६ असार ।
निर्वाचन आयोगले आउने चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्न सरकारसँग मेशिन माग गरेको छ । आयोगले आउने प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा विद्युतीय मतदान मेशिनको प्रयोग गर्नका लागि साउनभित्रै उपलब्ध गराउन सरकारसँगै माग गरेको हो ।
आयोगले नेपालमै निर्मित मेशिन तत्कालै उपलब्ध नहुने अवस्था आएमा आउँदो साउनसम्म विदेशबाट किनेरै भए पनि उपलब्ध गराउन आग्रह गरेको छ । यसका लागि आयोगले विद्युतीय मतदान यन्त्र प्रयोगसम्बन्धी अध्ययन प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पेस गरिसकेको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक विज्ञप्ति निकालेर जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले विद्युतीय मतदानका विषयमा अध्ययन गर्न एक अध्ययन समिति बनाएको थियो । त्यही समितिले विद्युतीय मतदान यन्त्र प्रयोगको विषयमा सुझावसहितको प्रतिवेदन दिएको छ भने कार्यान्वयनका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषदमा पठाएको हो । विद्युतीय मतदान यन्त्रबाट मतदान गर्दा मत बदर हुने सम्भावना हुँदैन । मतपत्रमार्फत मतदान गर्दा पाँचदेखि आठ प्रतिशतसम्म मत बदर हुने गरेको पाइएकाले विद्युतीय मतदान मेशिनका सम्बन्धमा लामो समयदेखि चर्चा हुँदै आए पनि कार्यान्वयन भने भएको छैन ।
गएको वैशाख ३० गते भएको पालिका चुनावमा पनि निर्वाचन आयोगले गठन गरेको उच्चस्तरीय विज्ञ टोलीले विद्युतीय मेशिनबाट मतदान गर्न सुझाव दिए पनि कागजी मतपत्र नै प्रयोग भएको थियो । यसअघि २०६४ सालको संविधान सभा चुनावमा ६ वटा निर्वाचन क्षेत्रमा र २०७१ सालको संविधान सभाको उपचुनावमा पाँच वटा निर्वाचन क्षेत्रमा विद्युतीय मतदान मेशिनको प्रयोग भएको थियो ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।