हामीसँग जोडिनुहोस

बाग्मतीका मुख्यमन्त्री फेर्न दलहरूका बीचमा छलफल

1 मिनेट

काठमाडौँ , असार १६ ।
बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई हटाएर नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने विषयमा सत्तारूढ दलहरूका बीचमा छलफल भएको छ । सत्तारूढ दलका संसदीय दलका नेताहरू, मुख्यमन्त्री पाण्डेका बीचमा आज बिहीवार हेटौँडामा छलफल भएको हो ।

छलफलमा मुख्यमन्त्री पाण्डेले केन्द्रका नेताहरूको निर्देशनका आधारमा मात्र मुख्यमन्त्री छोड्ने बताएपछि सत्तारूढ दलका सांसदहरूले मुख्यमन्त्री परिवर्तन गर्नका लागि हस्ताक्षर सङ्कलन गरेका हुन् । प्रदेश सभा आजदेखि अनिश्चितकालका लागि स्थगित भएकाले आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका हुन् ।

दलहरूका बीचमा सरकार परिवर्तन नभइ मुख्यमन्त्री परिवर्तनका विषयमा छलफल भएको माओवादी केन्द्रका पूर्वमन्त्री एवम् प्रदेश सभाका सदस्य युवराज दुलालले बताउनुभयो । सत्तारूढ दलहरूका बीचमा आपसी छलफलबाट नै मुख्यमन्त्री परिवर्तन हुने उहाँले बताउनुभयो ।

प्रदेश सभाबाट बजेट पास भएसँगै मुख्यमन्त्री परिवर्तन गर्न सत्तारूढ गठबन्धनकै नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरिएको हो । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले केन्द्रको निर्देशनवनिा सहजै मुख्यमन्त्रीको पद नछोड्ने बताएपछि कांग्रेस र माओवादीले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन सुरु गरेको हो ।

सत्तारूढ गठबन्धनको पूर्वसहमति चुनावी सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने भन्ने थियो । त्यही समझदारीमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो । आर्थिक वर्ष २०७८र०७९ को बजेट पास भएपछि पूर्वसहमति अनुसार नै नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ सत्तारोहणको तयारीमा हुनुहुन्छ ।

पाण्डे गएको कात्तिक ११ गते ६ महिनापछि नेतृत्व छाड्ने गरी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा (एस) को समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँलाई माओवादीबाट २३, कांग्रेसबाट २२, नेकपा (एस) बाट १३ र जसपाबाट एकसहित ५९ सांसदको समर्थन रहेको थियो ।

अहिले माओवादी र कांग्रेसबाट मन्त्रिपरिषद्मा सहभागी मन्त्री तथा राज्यमन्त्री समेत फिर्ता बोलाउने तयारी भइरहेको एक सांसदले जानकारी दिए ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।