काठमाडौँ, १७ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएको छ।
शुक्रबार बिहान प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेट्न उहाँको निवास खुमलटार पुग्नुभएको थियो ।
भेटको समन्वय गरेका गायक चेतन सापकोटाले दुई जनाबीच समसामयिक विषयमा छलफल भएको थियो।
सापकोटाका अनुसार प्रचण्ड र हमालबीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको थियो। दुई जनाबीच फिल्मी क्षेत्रका बारेमा पनि कुराकानी भएको थियो। प्रचण्ड र हमालबीच २० मिनेट एक्लाएक्लै कुराकानीसमेत भएको थियो।