हामीसँग जोडिनुहोस

भारतमा २४ घण्टामा भेटिए १७ हजारभन्दा बढी कोरोनाका संक्रमित

1 मिनेट

काठमाडौँ, १७ असार ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् । जबकी २३ बिरामीको मृत्यु भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।
भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल ४,०८३ संक्रमितसहित पहिलो स्थानमा छ । त्यसपछि महाराष्ट्र (३,६४०), तमिलनाडु (२,०६९), पश्चिम बंगाल (१,४२४) र कर्नाटक (१,०४६) को नम्बर आउँछ ।
कोभिडका कारण पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको छ । भारतमा हालसम्म पाँच लाख २५ हजार १३९ ले ज्यान गुमाइसकेका छन् । एजेन्सी ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।