हामीसँग जोडिनुहोस

शेयर बजार आज झन्डै ९ अङ्कले घट्यो

1 मिनेट

काठमाण्डौ, असार १ ।
शेयर बजार आज शुक्रवार झन्डै नौ अङ्कले घटेको छ । कारोबार हुने अन्तिम दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ ।

आज दुई सय २१ वटा कम्पनीको ३६ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।