हामीसँग जोडिनुहोस

स्वीकृति नलिइ माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको चेतावनी

1 मिनेट

काठमाडौं, २० असार ।
नियामक निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृति बिना माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग नगर्न सचेत गराएको छ । आइतबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले अनुमति नलिइ एल सिक्स गिगाहर्ज फ्रिक्वेन्सी प्रयोग भएको पाइएमा कारबाही गर्ने चेतावनी दिएको हो । “प्राधिकरणको स्वीकृति बिना विभिन्न व्यक्ति तथा संस्थाहरूले दूरसञ्चार सेवामा प्रयोग हुने एल सिक्स गिगाहर्ज (छ।ढद्दछ न्ज्श तय ट।द्धद्दछ न्ज्श ) ब्याण्डको माइक्रोवेभ फ्रिक्वेन्सी प्रयोग गर्न सक्ने भन्ने बुझिएको छ,” प्राधिकरणले जारी गरेको सूचनामा भनिएको छ, ‘स्वीकृति नलिई त्यस्तो फ्रिक्वेन्सी प्रयोग नगर्न नगराउन सम्बन्धित सबैलाई सूचित गरिन्छ ।” अनुमति प्राप्त नगरी अनधिकृत रुपमा दूरसञ्चार सेवामा प्रयोग हुने फ्रिक्वेन्सी प्रयोग गरेको पाइएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने समेत प्राधिकरणले जनाएको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।