हामीसँग जोडिनुहोस

फिल्म ‘छड्के २’ मा रविन तामाङ जोडिए, भिटेनले गीत गाउने

1 मिनेट

काठमाडौं, ०५ साउन ।
फिल्म ‘छड्के २’का प्रमुख कलाकारमा रविन तामाङ, कमलमणि नेपाल र सिर्जना सुब्बा पनि जोडिएका छन् । ५० लाख रुपैयाँ पारिश्रमिकसहित अनमोल केसी यसअघि नै अनुबन्धित भइसक्नुभएको छ ।
फिल्ममा नयाँ नायिका अनुबन्धित हुनुभएको छ । उहाँसहितका अन्य कलाकारबारे खुलाइएको छैन । अहिले चितवनमा भइरहेको कार्यशालामा अनमोलसहितका कलाकार समेत सहभागी छन् ।
प्रमुख भूमिकामा अभिनेता राजेश हमाललाई पनि प्रस्ताव गरिएको तर उहाँले अस्वीकार गरेको स्रोत बताउँछ । मुख्य पात्रको ‘बा’को भूमिकामा हमाललाई ५० लाख रुपैयाँ पारिश्रमिकसहित प्रस्ताव गरिएको तर उहाँले नखेलेको स्रोतको भनाइ छ ।
निर्माता प्रशान्त गिरीले भने हमालले खेल्न नमानेको विषयमा केही बताउनुभएन। विपिन कार्कीलाई पनि प्रस्ताव गरिएको तर उहाँले रचनात्मक असमझदारी भन्दै नमानेको पनि गिरीले बताउनुभयो । विपिनलाई मनाउने प्रयास भने जारी रहेको उहाँले बताउनुभयो ।
साउन २५ गतेदेखि मनाङ र नारायणगढमा छायांकन हुने फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्दै हुनुहुन्छ । साढे चार करोड रुपैयाँ बजेट बताइएको फिल्ममा प्रशान्त, निगम र लक्ष्मण काफ्ले निर्माता छन् ।
यसैबीच, फिल्ममा भिटेनले गीत गाउने भएका छन् । बालेनले ओएसटी र भिटेनले कथावस्तुमै आधारित गीत गाउने समझदारी भएको निर्माता गिरीले जानकारी दिनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।