हामीसँग जोडिनुहोस

‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा भ्रष्टाचार भएको अख्तियारको ठहर

1 मिनेट

काठमाडौं, १९ साउन । मधेस सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रममा साइकल खरिद गर्दा १० करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ । विशेष अदालतमा दर्ता गरिएको मुद्दामा मधेस सरकारका सात कर्मचारी र एक साइकल आपूर्तिकर्ताविरुद्ध भ्रष्टाचार अभियोग लगाइए पनि साइकल वितरण गर्ने राजनीतिक नेतृत्वलाई भने उन्मुक्ति दिइएको छ ।
मधेस सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत दुई कार्यक्रम ल्याएको थियो । पहिलो कार्यक्रममा छोरी बिमा कार्यक्रम सञ्चालन गरिएको थियो भने अर्को कार्यक्रममा सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई साइकल वितरण थालिएको थियो । आर्थिक वर्ष २०७७र७८ मा दुई पटक बोलपत्र आह्वान गरी साइकल खरिद गरिएको थियो । पहिलो चरणमा १५ करोड रुपैयाँ विनियोजन गरिएकामा १७ हजार २ सय ३८ थान साइकल खरिद गरिएको थियो । तर, विनियोजित रकममा करिब चार करोड रुपैयाँ बचत भएपछि त्यसमा त्यत्ति नै रकम थपेर दोस्रो चरणमा १० हजार साइकल खरिद गरियो । यी खरिदमा भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ । पहिलो चरणमा ओम सत्यसाई प्रालि वीरगन्जसँग अम्बिका ब्रान्डका साइकल खरिद गर्ने सम्झौता भएको थियो । प्रतिसाइकल ६ हजार ४ सय ३२ रुपैयाँमा खरिद सम्झौता भएकामा एक हजार २ सय थान साइकल मात्रै सम्झौताबमोजिम अम्बिका कम्पनीका थिए, बाँकी १६ हजार ३८ थान साइकल ब्रान्ड नखुलेका र कम गुणस्तरका थिए । गुणस्तरहीन साइकलबाट प्रदेश सरकारलाई १० करोड ३३ लाख ७ सय ५८ रुपैयाँ नोक्सान पुगेको अख्तियारको दावी छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।