हामीसँग जोडिनुहोस

सूर्यविनायक–धुलिखेल सडक विस्तार चाँडै सुरु हुने

1 मिनेट

काठमाडौं, २२ साउन ।
भक्तपुरको सूर्यविनायकबाट काभ्रेको धुलिखेलसम्मको सडक नेपाल सरकारले आफ्नै लगानीमा विस्तार गर्ने भएको छ । सुरुमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) को सहुलियतपूर्ण ऋणमा सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना निर्माण भए पनि जाईकाले आयोजनाबाट हात झिकेपछि सरकारले आफ्नै लगानीमा निर्माण गर्ने भएको हो । जाईकाले यो सडक निर्माणमा २२ अर्ब रुपैयाँ लाग्ने बताएको थियो । तर नेपाल सरकारले आयोजनामा आठ अर्ब रुपैयाँ खर्च हुने अनुमान गर्दै बहुवर्षीय ठेक्का अन्तर्गत अघि बढाउने निर्णय गरेको हो । सडक १६ किलोमिटर लामो हुनेछ । मुख्य सडक निर्माणका लागि ६ अर्ब रुपैयाँ, पुलका लागि एक अर्ब रुपैयाँ र अधिग्रहण गर्ने जग्गाको मुआब्जाका लागि एक अर्ब रुपैयाँ खर्च लाग्ने सडक विभागको अनुमान रहेको छ । सडकमा तार वटा पुल निर्माण हुनेछ ।
यसअघि साँगामा सुरुङ निर्माण गर्ने योजना बने पनि अब सुरुङ निर्माणको विषय भने बन्द भएको विभागले जनाएको छ । सडक निर्माणका लागि १० दिनभित्रै डीपीआरको काम सकिने आयोजनाका प्रमुख रविन्द्रलाल दासले बताउनुभयो । यसअघि नै सूर्यविनायक– धुलिखेल, धुलिखेल–सन्धुली–बर्दिबास सडक आयोजनाले डीपीआरको मस्यौदा तयार पारेकाले त्यही डीपीआरलाई अध्ययन गरेर पूर्णता दिइने उहाँले जानकारी दिनुभयो । सूर्यविनायक–धुलिखेल ६ लेन सडक विस्तारका लागि चालु आर्थिक वर्षमा सरकारले ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।