हामीसँग जोडिनुहोस

आम निर्वाचनमा कांग्रेसले केन्द्रीय सदस्यहरूलाई देशभर खटाउने

0 मिनेट

काठमाडौं, २३ साउन ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आसन्न संघ र प्रदेश सभाको निर्वाचनका लागि ७७ वटै जिल्लामा केन्द्रीयस्तरका नेताहरू खट्ने बताउनुभएको छ । राजधानीमा सोमबार २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा महामन्त्री थापाले निर्वाचनलाई केन्द्रित गर्दै सबै केन्द्रीय सदस्यहरूलाई जिल्ला जिल्ला खटाइने बताउनुभयो । उहाँले कांग्रेसले समावेशीतालाई जोड दिने बताउनुभयो । थापाले समावेशी लोकतन्त्रलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले केही समयमा कांग्रेसले घोषणापत्र ल्याउने बताउनुभएको छ । साउन ३० र ३१ गते स्थानीय तहका जनप्रतिनिधीलाई राष्ट्रिय अभिमुखीकरण गर्ने पनि बताउनुभएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।