हामीसँग जोडिनुहोस

ओली चढेको हेलिकप्टर सिमरामा आकस्मिक अवतरण

0 मिनेट

काठमाडौं, २३ साउन ।
एमाले अध्यक्ष केपी शर्मा ओली सवार सिम्रिक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । आज दिउँसो पार्टी कार्यक्रमका लागि रौतहटको गौर जान उडेको ओली सवार हेलिकोप्टर खराब मौसमका कारण सिमरा विमानस्थलमा आकस्मिक अवतरण भएको हो । वर्षाका कारण हेलिकप्टर गौर जान नसकेर सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुझिएको छ । मौसममा सुधार नभए ओली सिमराबाट सडकबाटै गौर जानेबारे छलफल भइरहेको स्थानीय नेताहरुले बताएका छन् ।

 

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।