हामीसँग जोडिनुहोस

बैंकको किस्ता तिर्ने समय २ वर्ष नथपे होटल बन्द गर्छौ : होटल सङ्घ नेपाल

1 मिनेट

काठमाडौं, ३१ असोज ।
होटल सङ्घ नेपाल (हान) ले बैंकको सावाँ, ब्याजको किस्ता तिर्ने समय दुई वर्ष नथपे होटल बन्द गर्ने सरकारलाई चेतावनी दिएको छ । होटलहरूको छाता सङ्गठन हानले तत्काल बैंकको सावाँ, ब्याज तिर्न नसक्ने घोषणा गरेको हो । सङ्घले कोभिड–१९ बाट थलिएको होटल उद्योग अझै पनि सामान्य अवस्थामा नफर्किएको भन्दै थप दुई वर्षसम्मका लागि बैंकको सावा ब्याज पुनर्तालिकीकरण उपलब्ध गराउन सरकारसँग माग गरेको छ । सङ्घका उपाध्यक्ष विनायक साहले सरकारले तत्काल थप दुई वर्षसम्मका लागि बैंकको सावाँ, ब्याज पुनर्तालिकीकरण गर्नुपर्ने बताउनुभयो ।

आज सोमवार एक कुरा गर्दै उपाध्यक्ष साहले सरकारले कोभिडको समयमा होटललाई दिएको बैंकको सावाँ, ब्याज तिर्ने समय खारेज गर्दा थप समस्या भएको बताउनुभयो । विगतको भन्दा होटलहरू सामान्य सुधार भए पनि पूर्णरूपमा सञ्चालनमा आउन नसकेको उपाध्यक्ष साहको भनाइ छ । उहाँले अहिले पनि होटलहरू दैनिक घाटामा नै सञ्चालनमा रहेका भन्दै बैंकहरूले असोज मसान्तमा तिर्नुपर्ने सावाँ, ब्याज तिर्न दबाब दिइरहेको बताउनुभयो । उपाध्यक्ष साहले पोखरा र भैरहवाका होटल व्यवसायीले सावाँ, ब्याज असोज मसान्तमा तिर्न सक्दैनौँ भनेर घोषणा गरेको भन्दै देशभरका होटलमा एउटै अवस्था आएकाले सरकारले समय थप नगरे होटलहरू बन्द गर्नुपर्ने चेतावनी दिनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।