हामीसँग जोडिनुहोस

गुगललाई लाग्यो दिपावली, गुगल सर्चमा ‘दिवाली सरप्राइज’ उपलब्ध

1 मिनेट

काठमाडौं, ३१ असोज ।
दशैंपछि अब तिहारको चहलपहल सुरु भएको छ । हिन्दुहरूको दोस्रो महान् चाडका रुपमा रहेको तिहारलाई दिपावलीका रूपमा पनि मनाइन्छ । यस्तोमा विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी तथा सर्च जायन्ट गुगल समेत यो पर्वमा सामेल भएको छ । गुगलले प्रयोगकर्तालाई लक्षित गर्दै गुगल सर्चमा ‘दिवाली सरप्राइज’ उपलब्ध गराएको छ । यसको अर्थ प्रयोगकर्ताले गुगल सर्च बक्समा गएर ‘दिवाली’, दीपावली वा अंग्रजीमा म्ष्धबष् िभनेर सर्च गरेको खण्डमा दियो जीआईएफ भएको नयाँ पेज खुल्छ । सो जीआईएफमा क्लिक गर्दा अन्य दियोहरू पनि देखापर्छन् यी दियोमा माउस कर्सर गर्दा प्रकाश अझ प्रगाढ हुनेछ । ​गुगलले यो फिचर एन्ड्रोइड र आईओएसमा पनि उपलब्ध गराएको छ । कम्पनीले ​यसअघिका वर्षहरूमा पनि यस्तो फिचर उपलब्ध गराएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।