हामीसँग जोडिनुहोस

सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घट्यो

0 मिनेट

काठमाडौँ, ०७ मंसिर ।
आज बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ४ सय रूपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ४ सय रूपैयाँले घट्दै ९६ हजार ८ सयमा झरेको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रूपैयाँले नै घट्दै ९६ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा ५ रूपैयाँले घट्दै एक हजार २७५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।