हामीसँग जोडिनुहोस

दोस्रो दिन पनि नेप्सेमा ७ अंकले गिरावट

0 मिनेट

काठमाडौं,७ मंसिर ।
निर्वाचनपछि खुलेको सेयर बजारमा दोस्रो दिन पनि ७ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ७.७२ अंकले घट्दै १९२१.९९ अंकमा झरेको हो । अघिल्लो दिन अर्थात् मंगलबार पनि सेयर बजार सूचक नेप्सेमा ७ अंकको नै गिरावट आएको थियो ।
यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १.७० अंकले घट्दै ३७७.९० अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
तर समग्रमा ७ अंकले घटेको बजारमा आज १ अर्ब २ करोड २२ लाख रुपैयाँ बराबरको २८ लाख ३९ हजार कित्ता सेयर कारोबार भएको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।