हामीसँग जोडिनुहोस

समानुपातिकतर्फ एमाले २२ हजार मतले अगाडि

1 मिनेट

काठमाडौं, मङ्सिर ७  ।

समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो ३ बजेसम्मको तथ्याङ्क अनुसार एमालेले दुई लाख ४२ हजार ५३६ मत प्राप्त गरेको छ ।

त्यसैगरी, नेपाली कांग्रेसको दुई लाख १९ हजार ९०५, राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख १२ हजार २९४, नेकपा (माओवादी केन्द्र) ले एक लाख ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८८९ मत प्राप्त गरेका छन्।

त्यस्तै, आयोगको तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीको १८ हजार ७६०, जनमत पार्टीले १७ हजार ५७८, नेपाल मजदुर किसान पार्टी १६ हजार ५१०, नेकपा (एकीकृत समाजवादी) ले १३ हजार ३२६,नागरिक उन्मुक्ति पार्टीको ११ हजार ७३८ र अन्य पार्टीले ५० हजार ३४१ मत प्राप्त गरेका छन् ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।