हामीसँग जोडिनुहोस

तोसिमा कार्कीको नौ हजार बढी मतले अग्रता

0 मिनेट

काठमाडौं, मङ्सिर ७  ।

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार डा।तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले नौ हजार ५५ मत अन्तरले अग्रता लिनुभएको हो ।

डा।कार्कीले १८ हजार ४७७ मत पाउनुभएको छ । एमालेका उम्मेदवार अमृत खड्काले नौ हजार ४२२ मत पाउनुभएको छ भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले छ हजार ४२५ मत पाउनु भएको छ ।

२३ हजार ६९३ मत गणना गर्न बाँकी रहेको छ । मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बिहानसम्म अन्तिम नतिजा आउने बताउनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।