हामीसँग जोडिनुहोस

गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी

1 मिनेट

गोरखा, ०७ मंसिर ।
गोरखाका ४ वटै प्रदेश सभा क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ को प्रदेश सभा (क) मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल १५ हजार ४ सय ५७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्रबहादुर थापाले ९ हजार ८ सय २२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ क मा ६० हजार ७ सय ४४ मतदाता रहेकामा ३० हजार ७ सय ४६ मत खसेको थियो । खसेकोमध्ये १ हजार २ सय ६ मत बदर भएको निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ ।

गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा नन्दप्रसाद न्यौपाने विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेसका उम्मेदवार न्यौपानेले १६ हजार २ सय ६५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका मोहनप्रसाद भट्टराईले ७ हजार ५ सय ३३ मत पाउनुभयो ।

प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा ५४ हजार ६ सय ५३ मतदाता रहेकामा २९ हजार ६ सय ८६ मत खसेको थियो ।

यस्तै गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा पनि गठबन्धनकै उम्मेदवार नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी हुनुभएको छ । उहाँ १२ हजार ४ सय ११ मत प्राप्त गर्दै विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी एमालेका राजु रानाले ५ हजार ४ सय १० मत पाउनुभयो ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा ५० हजार ३ सय ७६ मतदाता रहेकामा २६ हजार ४ सय ७७ मत खसेको थियो ।

क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा पनि गठबन्धनका उम्मेदवार कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ । पाण्डेले १६ हजार ८ सय ८२ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी एमालेका वसन्तकुमार गुरुङले ५ हजार ७ सय ६७ मत प्राप्त गर्नुभयो ।

क्षेत्र नम्बर २ को प्रदेश (ख) मा ५४ हजार ८ सय ६४ मतदाता रहेकामा २७ हजार ३ सय २७ मत खसेको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।