हामीसँग जोडिनुहोस

भक्तपुर १ मा नेमकिपाका सुवाल १४ हजार मतले अगाडि

1 मिनेट

भक्तपुर, ०७ मंसिर । भक्तपुरको क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विपक्षीभन्दा झण्डै १४ हजार मतले अगाडि बढेको छ।
साँझ सवा ५ बजे सार्वजनिक मत परिणामअनुसार नेमकिपाका प्रेम सुवालले २४ हजार ६१७ मत पाउनुभएको छ । नेमकिपालाई एमालेका नवराज गेलालले पछ्याइरहनुभएको छ । गेलालले १० हजार ८३६ मत पाउनुभएको छ। तेस्रोमा राप्रपाका भरतबहादुर खडकाले आठ हजार ५४३ मत पाउनुभएको छ ।
सता गठबन्धनकातर्फबाट माओवादीका उम्मेदवार सुनील गोठे सबैभन्दा तल रहनुभएको छ । उहा चार हजार पाँच सय ३८ मतमा सीमित रहनुभएको छ ।
यो क्षेत्रमा भक्तपुर १ क चाँगुनारायण क्षेत्रको मतगणना सकेको छ। भक्तपुर नगरपालिका क्षेत्रको पनि वडा नं १०, १,२,३ र ४ को मतगणना सकिएको छ।
अब भक्तपुर नगरपालिका वडा नं ५, ६, ७, ८, ९ वडा बाँकी छन्। नेमकिपाको गढका रूपमा रहेका यी वडाहरूमा पनि नेमकिपाले मत भार बढाउँदै लाने निश्चित प्रायः छ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।