हामीसँग जोडिनुहोस

एमालेका अध्यक्ष ओलीको छैटौं जित स् दोब्बरभन्दा बढी मतान्तरले विजयी

1 मिनेट

काठमाडौं, ७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहा गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित हुनुभएको हो ।
आज सम्पन्न मत गणनामा ओलीले ५२ हजार ३ सय १५ मत पाउनुभएको छ । उहाका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३ हजार ७ सय ४१ मत मात्र पाउनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनुभएको ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो ।
ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आउनुभएको छ । उहा ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं। ६ बाट निर्वाचित हुनुभएको थियो । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित हुनुभएको थियो ।
ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं। ७ बाट पराजित हुनुभएको थियो । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित हुनुभएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं। ७ बाट निर्वाचित हुनुभएका थियो । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उहा सर्वाधिक मतकासाथ निर्वाचित हुनुभएका थियो । १ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको सो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।