हामीसँग जोडिनुहोस

भक्तपुर २ मा काँग्रेस जिल्ला सभापतिका थापा विजयी

1 मिनेट

भक्तपुर, ८ मङ्सिर । भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधिसभा तर्फ नेपाली काँग्रेसका उम्मेदवार दूर्लभ थापा विजयी हुनु भएको छ ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित नेपाल कृषि विकास बैंकको तालिम केन्द्रमा भएको मत गणनाको आज बिहान ५ बजे घोषणा भएको अन्तिम मत परिणामको नतिजा अनुसार काँग्रेसका थापाले नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतलाई ९५७ को मतान्तरले पराजित विजयी हुनु भएको हो ।

कूल ६५ हजार ९९१ मत रहेको यस क्षेत्रमा काँग्रेसका उम्मेदवार थापाले २४ हजार २३९ मतले अग्रता प्राप्त गरि विजयी हुनु भएको छभने उहाँका निकटतम प्रतिद्धन्द्धी महेश बस्नेतले २३ हजार २८२ मत प्राप्त गरि पछाडि पर्नु भएको हो ।

२०७४ सालको निर्वाचनमा यस क्षेत्रमा नेपाली काँग्रेसबाट उम्मेदवार बन्नु भएका दमननाथ ढुङ्नाले १८ हजार ६८७ मत प्राप्त गर्दा नेता बस्नेतले ३६ हजार ४१२ मत प्राप्तगरि विजयी हुनु भएको थियो अहिले यहीँ क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवार थापासँग ९५७ मतको अन्तरमा बस्नेतले पराजय भोग्नु पर्यो ।

भक्तपुर क्षेत्र नं. २ मा २०४६ सालमा बहुदल पुनस्थापनापछि कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन् । २०४८ सालमा कांग्रेसका जगनाथ आचार्य विजयी भएको यस क्षेत्रमा त्यसपछि क्रमश २०५१ सालको मध्यावधि निर्वाचनमा नेमकिपाका आशाकाजी बासुकला, २०५६ सालको निर्वाचनमा पुन कांग्रेसका लेखनाथ न्यौपाने, २०६४ सालको निर्वाचनमा नेमकिपाका सुनील प्रजापति, २०७० सालको निर्वाचनमा कांग्रेसका रामेश्वर ढुंगेल र २०७४ सालमा भने एमालेका बस्नेत विजयी भएका थिए ।

नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले सात हजार १२७ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन बिकले चार हजार ९८, राष्ट्रियत प्रजातन्त्र पार्टीका मोहन केसीले दुई हजार ५६९ प्राप्त गर्नु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनुभयो ।
कुल ९१ हजार ९११ मतदाता रहेका यस क्षेत्रमा ६५ हजार ९१९ मत खसेको थियो । मत गणना सक्दा २०५३ मत बदर भएको थियो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।