हामीसँग जोडिनुहोस

विश्वकपमा आज चार खेल हुँदै

1 मिनेट

काठमाडौं, ०८ मंसिर । कतारमा जारी फिफा विश्वकपमा आज समूह ‘जी’ र ‘एच’ का समान दुई खेल गरी चार खेल हुँदै छन् ।
कतारको अल जानौब रंगशालामा हुने आजको पहिलो खेलमा समूह ‘जी’मा रहेको स्विट्जरल्यान्डले क्यामरुनको सामना गर्दै छ । यो खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।
एजुकेसन सिटी रंगशालामा हुने दिनको दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वेले दक्षिण कोरियाविरुद्ध खेल्नेछ । खेल साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । यसैगरी राति ९ः४५ बजेदेखि रंगशाला ९७४ मा सुरु हुने आजको तेस्रो खेलमा समूह ुएच’ मा रहेको पोर्चुगलले घानाविरुद्ध खेल्नेछ ।
यस्तै, दिनको अन्तिम खेलमा राति १२ः४५ बजे समूह ुजीु को सर्बियाले ब्राजिलसामु चुनौती प्रस्तुत गर्दै छ । यो खेल कतार विश्वकपकै सबैभन्दा ठूलो लुसैल रंगशालामा हुनेछ । लुसैल रंगशालामा ८० हजार दर्शक क्षमताको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।