हामीसँग जोडिनुहोस

भक्तपुर क्षेत्र नं. २ प्रदेशसभा (१) मा थापा र (२) मा श्रेष्ठ बिजयी

2 मिनेट

भक्तपुर, ८ मङसिर । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) र (२) को प्रदेशसभा सदस्यमा नेकपा एमाले र नेकपा समाजवादीका उम्मेदवार निर्वाचित भएका छन् ।

मध्यपुरथिमिको बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा सम्पन्न मतगणनामा प्रदेशसभा (१) मा नेकपा एमालेका किरण थापा र (२) मा नेकपा समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठ विजयी हुनु भएको हो ।

आज बिहान सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार प्रदेशसभा (१) मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका विष्णुराज कार्कीलाई तीन हजार १८५ मतान्तरले पछाडि पार्दै विजयी हुनु भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिनु भयो ।

एमालेका थापाले १५ हजार ११८ मत ल्याउनु भयो भने उहाँको निकटतम प्रतिद्धन्द्धी काँग्रेसका कार्कीले ११ हजार ९३३ मत प्राप्त गर्नु भयो । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत प्राप्त गर्नु भएको थियो भने राप्रपाका उम्मेदवार बिक्रम थापाले चार हजार २७० मत ल्याउनु भएको थियो ।

त्यसैगरि प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार नेकपा (समाजवादी)का डा. राजेन्द्रमान श्रेष्ठले नेकपा एमालेका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठसँग ३१० को मतान्तरले विजयी हुनु भएको हो । आज बिहान सार्वजनिक गरेको अन्तिम मत परिणाम अनुसार नेकपा समाजवादीका डा. श्रेष्ठले आठ हजार ३४१ मत प्राप्त गरि विजयी हुनु भयो भने एमालेका श्रेष्ठले आठ हजार ३१ मत प्राप्त गर्नु भयो ।

२०७४ को निर्वाचनमा पनि डा. श्रेष्ठले नेकपा एमालेबाट विजयी भई वाग्मति प्रदेशसभामा निर्वाचित हुनु भएको थियो भने उहाँको प्रदेशसभामा दोश्रो प्रवेश हुने भएको छ । त्यस्तै नेपाल मजदुर किान पार्टीका उम्मेदवार रमेश बैद्यले ६ हजार ८३१ मत प्राप्त गर्नु भयो भने राप्रपाका उम्मेदवार पञ्चकृष्ण श्रेष्ठले तीन हजार ७५० मत लयाउनु भएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।