हामीसँग जोडिनुहोस

भक्तपुर क्षेत्र नं.१ मा तेब्बरभन्दा बढी मतान्तरले नेमकिपाका सुवाल विजयी

1 मिनेट

भक्तपुर, ८ मङ्सिर : प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले तेब्बर भन्दा बढी मतान्तरले विजयी हासिल गर्नु भएको छ ।

भक्तपुरको खरिपाटीस्थित नेपाल बिद्युत प्राधिकरणको हलमा आज सम्पन्न प्रतक्ष्य तर्फको मत गणनाको परिणाम अनुसार प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याएर विजयी हुनु भएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले बताउनु भयो ।

उहाँको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार नवराज गेलालले ११ हजार ९६८ मत ल्याउनु भएको छ । नेमकिपाका प्रजापतिले एमालेका गेलाललाई ३० हजार ७९३ को मतान्तरले पछाडि पार्दै प्रतिनिधिसभामा दोश्रो कार्यकालका लागि प्रवेश गर्नु भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले नौ हजार ३०३ मत प्राप्त गर्नु भएको भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका सुनिल गोठे बासुले पाँच हजार २८३ मत ल्याएको बास्तोलाले जानकारी दिनु भयो । समानुपातिक तर्फको मतगण्ना भने जारी रहेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।